बूनपा ११ द्वारा १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव भव्यताकासाथ मनाईयो (फोटो फिचर)



१५ असार २०७६, काठमाडौं

‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्युनिकरण’ भन्ने नाराकासाथ बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ले ‘१६ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव -२०७६’ शुरुवात गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका कृषि शाखाद्वारा आयोजित कार्यक्रम आईतबार बूनपा ११ स्थित अर्गानिक कृषि फर्म जंगलादेबी कपनमा शुरुवात गरिएको हो ।

बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कुसुम कुमार कार्की, बूनपा नगर प्रमुख उद्धव प्रसाद खरेल, उपप्रमुख रमादेवी राई, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का शम्भु प्रसाद भट्टराई, कार्यपालिका सदस्य, वडासदस्य, विभिन्न महिला समूहका महिलाहरु, रोपाई गर्न ईच्छुक कृषकहरुलगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख खरेलले नेपाली अहिले चामल विदेश बाट ल्यउनु पर्ने अवस्था रहेको बताउदै हामीले हाम्रा खेत बाझो नराख्न आग्रह गर्दै बाझो खेत राख्नेलाई जरिवना गर्नु पर्ने बताए ।

नगर प्रमुख खरेल भन्छन्, ‘नगर भित्रका खेत तथा बारी कसको हो त्यसैले बाली लगाउनु पर्छ, हैन भने जस्लाई मन लाग्छ उसैले त्यो बाँझो ठाउँमा खेती गरेर उत्पादन गर्न पाउनु पर्छ कसैले केही भने त्यसको जिम्मा म लिन्छु ।’

बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले परापूर्व कालदेखी नै चलिआएको हाम्रो परम्परा नमासियोस् तथा चिउराको रुख कस्तो हुन्छ भनेर विद्यार्थीहरुले सोध्नु नपरोस् भन्ने उघद्देश्यले कार्यक्रम आयोजना गरेको परिवर्तन खबरलाई बताए ।

रोपाईमा बूनपा ११ भित्रका विभिन्न विद्यालयका ईच्छुक विद्यार्थीहरुलाई मनोरञ्जनात्मक हिसावले धान रोप्न सिकाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्