आईफा अवार्डका नाममा राज्यकोषको दुरुपयोग हुने निर्णय फिर्ता लेउः साझा



१५ अषाढ २०७६, काठमाडौं

साझा पार्टीले सरकारी खर्चमा गर्न लागिएको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड(आइफा)प्रति विरोध जनाएको छ ।

पार्टीले आज विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो । ‘सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरुको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर छ ।’ पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

बिना औचित्यको कार्यक्रममा राज्यकोषको धनराशी खर्च गर्नु कोषको चरम् दुरुपयोग भएकाले तत्काल निर्णय फिर्ता लिन पार्टीले माग गरेको छ ।

प्रेस विज्ञप्ती:

आइफा अवार्डको खर्च सरकारले व्यहोर्ने बारे

(प्रकाशन तथा प्रसारणका लागि सक्दो श्यर गरिदिन आग्रह सहित)

एक विदेशी निजी संस्थाको आयोजनामा काठमाडौंमा हुने भनिएको फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने खबरले साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरुको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर छ।

यस अघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमको लागि सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको समेत जानकारीमा आएको छ।

निजी संस्थाको कार्यक्रमको लागि बिना औचित्य करोडौँ खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएकोले उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन सरकारलाई साझा पार्टी आग्रह गर्दछ।

सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी

प्रतिक्रिया दिनुहोस्