सोताङमा वडा कार्यालयबाट सेवा नपाएको सेवाग्राहीको गुनासो



१४ असाढ २०७६, जेपी थुलुङ/सोलुखुम्बु

सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नं ४ को वडा कार्यालयबाट सेवा प्रवाह हुन नसक्दा सास्ती भएको सेवाग्राहीहरुले बताएका छन् ।

स्थानीय तहको निर्वाचन भएको दुई बर्ष बितिसक्दा पनि वडा कार्यालयबाट सेवा नपाउदा सेवाग्राहीले सास्ती खेप्नु परेको बताएका छन् । वडा कार्यालयबाट दैनिक पाउनुपर्ने सेवा नपाए पछि जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिस लगायतका अन्य कामका लागि गाउँपालिकानै धाउनु पर्ने अवस्था आएको स्थानीयहरूले दुखेसो पोख्दै आएका छन् ।

स्थानीय तहको निर्वाचन पश्चात वडा कार्यालयबाट सबै काम हुने भनिए पनि वडाध्यक्ष भेटेर काम गर्न गाउँपालिका नै जानुपर्ने बाध्यता भएको स्थानीयको गुनासो रहेको छ । सामाजिक सुरक्षा भत्ता बाहेक अन्य सबै सेवा लिनाका लागी गाउँपालिकानै जानुपर्ने बाध्यता भएको वडा नं ४ का शिक्षक उपेन्द्र राईले बताउनुभएको छ ।

वडाध्यक्ष राम कुमार राई सहित कार्यलय सहयोगी समेत शिबटारमानै केन्द्रित भएको उहाले बताउनुभयो । सिंहदरबारको अधिकार गाउँगाउँमा भनेपनि वडा कार्यालयबाट सेवा पाउनबाट वञ्चित भएको स्थानीय डिबि राईले बताउनु भएको छ ।

वडा अध्यक्षले भने हाल स्वास्थ्य चौकीको भवनबाट वडा कार्यलयको आंशिक सेवा प्रदान गरिरहेको भएपनि कर्मचारीको व्यबस्थापन तथा भौतिक संरचना निर्माण नहुदा वडाका सम्पुर्ण कामकाज गाउँपालिका कार्यालय भवनबाटै दिनु परेको वडा अध्यक्ष राम कुमार राईले बताउनुभयो ।

गाउँबाटनै सेवा दिने प्रयास गरेपनि भौगलिक संरचना अनुसार साबिक सोताङ गाबिस ६ का सेवाग्राहिलाई लक्षीत गरि गाउँपालिका कार्यालयबाट सेवा प्रदान गरेको वडाध्यक्ष्य राईको भनाई छ । हाल दिनरात सेवाग्राहिकै कामको लागी खटिरहेको बताउनदै वडाध्यक्षले भौगलिक संरचना अनुसार दुबै स्थानबाट समय तालिका मिलाएर सेवा प्रबहा गर्ने बताउनुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष बीर बहादुर राईले वडा न. ४ हुगा वारी र पारी भएकाले वारीको सेवाग्राहीलाई लक्षीत गरि सेवा प्रदान भइरहेको र निकट भबिष्यमानै वारी र पारीको केन्द्रबिन्दू पर्ने गरि वडा पालिकाको कार्यलय स्थापना गरि सबैको अनुकुलता अनुसार सेवा प्रदान गरिने बताउनुभएका छ ।

स्थानीय तहको पुनरसंचा हुदा साबिक सोताङ गाबिसको वडा नं ६ र गुदेल गाबिसको ८ र ९ नं वडा मिलाएर सोताङ गाउँपालिका वडा न ४ बनेको हो ।

प्रतिक्रिया दिनुहोस्