असार भित्रै पार्टी एकिकरणको बाँकी काम सकिन्छ : प्रधानमन्त्री ओली



१४ असार २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यो आर्थिक वर्ष असार मसान्तभित्रै पार्टी एकीकरणको बाँकी सम्पूर्ण काम सम्पन्न गरि सक्ने बताएका छन् ।

जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता भएन भनेर निरास हुनु पर्ने कुनै कारण छैन भन्दै यो आर्थिक वर्ष भित्र एकताको सम्पूर्ण काम पुरा हुने दावी गरेका छन् ।

“नयाँ आर्थिक वर्षसँगै सरकार नयाँ उत्साहका साथ अगाडि बढ्छ र दशैँसम्ममा सरकारका आलोचना समाप्त हुन्छन् ।” उनले भने ।

एकतामा केही अलमल भएपनि निरास हुने अवस्था यस आर्थिक वर्षभित्र अन्त्य हुन्छ भन्दै प्रधानमन्त्री ओलीले भने, चालु आर्थिक बर्षको समाप्ती संगै एकिकरणका सम्पुर्ण काम पनि पुरा हुने र अर्को आर्थिक वर्षमा पार्टी नयाँ ढंगबाट अघि बढ्छ ।

लोकतन्त्र रक्षा गर्ने, सुदृढ गर्ने, लोकतन्त्रलाई वास्तविक अर्थमा कार्यन्यवयन गर्ने र लोकतन्त्रका व्यापक उद्देश्य साकार पार्न, देशमा शुसासन र विकास हासिल गर्न सरकार अहिले दृढताका साथ लागेको समेत बताए ।

“म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भन्दै भ्रष्टाचार गर्ने कोही कसैलाई पनि भ्रष्टाचार गर्ने छुट छैन” उनले भने ।

अहिलेको सरकारले जनताको चाहनाअनुसारको काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार स्पष्ट र दृढ छ उनले भने ।

आफूले झापा आन्दोलन शुरु गरेको स्मरण गर्दै आन्दोलन र एकिकरणको नयाँ अभियानमा चार जना मान्छे थिएनन्, आज स्थानीय तहका अधिकांश स्थानमा हामीले विजय गरेको अवस्था छ । सात वटा प्रदेश मध्ये ६ वटा जितेका छौ हारेकोमा समेत हामी प्रमुख पार्टी हौं । हामीले सबै भन्दा बढि सिट ल्याएका छौ भन्दै सरकारमा आफू त्यतिकै नपुगेको स्पष्ट पार्दै जनताले दिएको विश्वासलाई खस्कन नदिने प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस्