
१३ असार २०७६, काठमाडौँ
नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् ।
एक साता अघि उनले एक युवतीलाई सर्वसाधनको बीच यातना दिएकी थिइन् ।
सामाजिक संजालमा महिलाले युवतिलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भए पछि प्रहरीले छानविन सुरु गरेको हो ।
काठमाडौँ प्रहरी परिसर टेकुको प्रहरी टोलीले शुक्रबार बिहान बालाजुबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पछि उनलाई काठमाडौँ प्रहरीको हिरासतमा राखिएको छ ।
पिडित युवतीलाई भने हालसम्म प्रहरीले भेटेको छैन । सर्वसाधनले घटनालाई लिएर प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु गरिएको हो ।





