एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा



११ असार २०७६, भक्तपुर

राष्ट्रिय परीक्षा बोर्डले एसईई २०७५ को नतिजा सार्वजनिक गरेको छ । गतवर्षको चैत १० देखि ३० गतेसम्म सञ्चालन भएको एसईईको नतिजा तोकिएको मितिभन्दा ठिक एकदिन ढिलो गरी आज प्रकाशन गरिएको हो ।

एसईईमा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर ९सिम्बोल नम्बर० टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्