३३० किलोको मान्छे बाहिर निकाल्न घरको भित्ता फोरीयो !



१२ असार २०७६, काठमाडौं

पाकिस्तानको पञ्जाब प्रान्तस्थित सादिकावादमा भर्खर अनौठो घट्ना घटेको छ । नुरुल हसन नामबाट परिचित व्यक्ति ३ सय ३० किलो तौल भएको अत्यधिक मोटोपनाबाट पीडित रहेका छन । हाल उनको उमेर ५५ वर्षको भएको छ ।

उनी अत्यधिक मोटोका कारण घर भित्रै बस्दै आएका थिए, अचानक नुरुल हसन बिराम भए, उनी अस्पताल पुर्याउनु पर्ने अवस्था भयोे । तर उनी घर बाहिर निकाल्न र अस्पताल सम्म पुर्याउन निकै कठिनाई थियो । यत्ति मात्र कहाँ हो र घर बाहिर निकाल्न ढोकामा समेत नअटेर निकै समस्या रहेको थियो ।

उनलाई अस्पताल सम्म पुर्याउन निकै समस्या थियो त्यसैले उनका छिमेकीहरु आपतकालीन सेवा प्रदायक निकायलाई खबर गरियो । कर्मचारीहरु र सेनाका जवानहरु उनको घरमा आए र उनलाई घरको ढोकाबाट निकाल्न समस्या भएकोले घरको भित्ता फोरेर बाहिर निकालियो । अनि उपचारका लागि सैनिक अस्पतालमा भर्ना गर्न लगियो ।

नुरुल हसनले पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवासँग आफ्नो उद्दार गरी उपचार गर्नका लागि सोसल मिडियामार्फत अनुरोध गरेका थिए । उनको सोही अनुरोध सुनुवाई गर्दै सेना प्रमुखले उनको उपचारको बन्दोबस्त मिलाएका हुन् । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्