आयोगको अपिलः यातनालाई कुनै पनि बहानामा प्रश्रय नदिनु



११ अषाढ २०७६, काठमाडौ

राष्ट्रिय मानवअधिकार आयोगले पक्राउ परेका व्यक्तिलाई साविती गराउने नाममा अमानवीय कार्य हुँदै आएको भन्दै रोक्न माग गरेको छ ।

पक्राउ परेका व्यक्तिलाई विभिन्न बहानामा अमानवीय तवरले यातना दिने गरेको घटना बढीरहेको भन्दै आयोगले चाँसो व्यक्त गरेको हो । यातना पीडितहरुको सहयोगर्था संयुक्त राष्ट्रसंघीय अर्न्तराष्ट्रिय दिवसका अवसरमा आयोगले बुधबार विज्ञप्तिमार्फत सरकारले आयोगका सिफारिसमा कारबाही नगरेको भन्दै कार्यन्वयनका लागि माग गरेको छ ।

आयोगले सरकारसमक्ष पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारवाही तथा पीडकबाट क्षतिपूर्ति भराउने जस्ता १७९ वटा उजुरीहरु सिफरिस गरे पनि कारवाही नभएको बताएको छ ।

‘केही सिफारिसमा पीडितलाई क्षतिपूर्ति दिलाउनेबाहेक पीडकलाई कारबाही गर्ने कार्यहरु अत्यन्त न्यून देखिएकाले आयोगको सिफरिश कार्यन्वयनमा जोड दिन नेपाल सरकारलाई पुनः आग्रह गर्दछ’ आयोगको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्