
११ असार २०७६, काठमाडौ
कम्बोडियाको पश्चिमी प्रमाए क्षेत्रमा सुँगुरले अनौठो खालको पाठा जन्माएको छ । जहाँ कुरा गर्दा नि बिस्वास नै गर्न सकिदैँन् । सुँगुरले हात्तीजस्तै भएको पाठा जन्माएको छ, यो देखेपछि पुरै गाउँलेहरु चकित भएका छन् । सुँगुरले जन्माएको उक्त बच्चाको हात्तीको जस्तै सुँड तथा हात्तिकै जस्तै कान रहेको छ ।

जन्मिएको यो पाठाको गुलाबी रङको छ । जन्म हुँदा नै पाठाले आँखा देख्न सकेको थिएन् । यो पाठाकोे शरीरका अन्य अंगहरु पनि नचल्ने अवस्थाको रहेको थियो । उक्त पाठाको मुख पनि नभएकोले धेरै समय सम्म बाच्न सकेको थिएन । एजेन्सी





