नेपालकी छोरी सन्तोषी बस्नेतलाई ‘हार्वर्ड हिरो २०१९’ को उपाधि



१० असार २०७६, काठमाडौं

नेपालकी छोरी सन्तोषी बस्नेतले अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो २०१९ को उपाधि हात पारेकी छिन् । यो सँगै उनी हार्वर्ड हिरो प्राप्त गर्ने पहिलो नेपाली बनेकी छिन् ।

सन्तोषी वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन् । उनको कार्यसम्पादनलाई मूल्याङ्कन गरेर उनीलाई उपाधि दिइएको विश्वविद्यालयले जानकारी दिएको छ ।

सन्तोषी बस्नेत काठमाडौं बत्तीसपुतली निवासी बुबा जनक मान सिंह बस्नेत र आमा भगवती बस्नेतकी पहिलो सन्तान हुन् । उनी सन् २००६ देखि अमेरिकाको बोस्टनमा बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्