बूढानीलकण्ठको चौंथो नगरसभा सम्पन्न



१० अषाढ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको चौंथो नगरसभा सम्पन्न भएको छ ।

बुढानीलकण्ठ नगरपालिका  वडा नं ७, स्पेशल चोकस्थित गोल्फुटार पार्टी प्यालेसमा सम्पन्न कार्यक्रमले नगरको चालू आ.व. ०७६/७७ को १ अर्व २१ करोड बराबरको  आय व्यय प्रस्तुत गरेको हो ।

नगरप्रमुख उद्धव प्रसाद खरेलले प्रस्ततु गरेका आय व्यय अनमान बजेट वक्तव्य नागरिकमुखी भएको बताईएको छ । नगरले विकास पूर्वाधार, जनताको आधारभूत आवश्यक्तालगायतलाई मध्यनगर गर्दै एक अर्व एक्काईस करोड एक्काईस लाख चालीस हजारको अनुमानित आय व्यय प्रस्तुत गरेको छ ।

‘स्वच्छ शान्त समृद्धः पर्यटकीय नगर बूढानीकलकण्ठ’नारालाई अवलम्बन गर्दै आएको नगरले आगामी दिनहरुमा प्रगतिका कामहरु गर्ने बताएको छ ।

कार्यक्रमका प्रमुख अथिती नेपाल सरकारका उप–प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नगरका प्रमुख तथा उप–प्रमुखले मात्र नभएर सिङ्गो नगरका मान्छेले नै विकासमा पाईला चाल्नुपर्ने बताए ।

“आजको कार्यक्रम त तपाईहरुलाई जानकारी दिने मात्र हो । यो सबै काम गर्ने तपाईहरु सबै नै हुनुहुन्छ । नगरसभा भयो सकियो भनेर होईन, यसबाट केही ज्ञान तथा जानकारी लिएर तपाईहरु सबै अगाडी जानुपर्ने हुन्छ ।” उनले भने ।

कार्यक्रममा नगरपालिकाले राम्रो पफमेन्श गर्ने तीन कर्मचारीलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा संचारकर्मी/पत्रकार तथा नगरवासीको बाक्लो उपस्थिती रहेको थियो ।

यो सम्बन्धित सामग्री हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्