नेपाली चेली प्रतिष्ठा ‘मिस इङ्ल्याण्ड’को फाइनलमा



१० असार २०७६, काठमाडौं

नेपाली चेली प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिता ‘मिस इङल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छिन् ।

बेलायत निवासी २६ वर्षीया प्रतिष्ठा सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये बाट छानिएकी हुन् । प्रतिस्पर्धामा भाग लिन लगभग २० हजारले आवेदन दिएका थिए ।

पब्लिक भोटले उनलाई पब्लिसिटी क्युन उपाधि दिलाएको छ ।

मिस इङ्ल्याण्डको ग्रान्ड फिनाले ३१ जुलाई र १ अगस्टमा हुने प्रतिष्ठाको इन्स्टाग्राम पेजमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्