कोपा अमेरिका : उरुग्वेसँग डिफेन्डिङ्ग च्याम्पियन चिलीको हार



१० असार २०७६, काठमाडौं

ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत उरुग्वेले चिली १–० गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वेका लागि एडिसन कभानीले खेलको ८२ औं मिनेटमा एक गोल गरेका थिए । जुन निर्णायक गोल साबित भएको थियो ।

यो जितसँगै उरुग्वे समूह सी को का अंक तालिकामा पहिलो बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ भने चिलीले पनि समूह उपविजेता बन्दै क्वाटरफाईनलाई आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्