विश्वकप क्रिकेट : बंगलादेशसँग अफगानिस्तान पराजित



१० असार २०७६, काठमाडौं

इङ्गल्याण्डमा जारी आईसीसी एकदीवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई बंगलादेशले ६२ रनले हराएको छ । यो जितसँगै बंगलादेशको सेमिफाईनलको दौडमा अघि बढेको छ ।

टस हारेर पहिला ब्याटिङ्ग गरेको बंगलादेशले अफगानिस्तानलाई २६३ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले ४७ ओभरमा अल आउट हुदै २ सय रन मात्र बनाए पछि बंगलादेश ६२ रनले विजयी भएको हो ।

जारी प्रतियोगितामा अहिलेसम्म खेलेका सबै खेलमा हार बेहोर्दै अफगानिस्तान बाहिरीइसकेको छ भने बंगलादेश ७ खेलमा ७ अंक हासिल गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्