आयोगका अध्यक्ष डा. दत्तलाई सुदूरपश्चिम प्रदेशमा सम्मान



०९ असार २०७६, काठमाडौं

मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तलाई सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुदूरपश्चिम साहित्य समाजले एक विशेष कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।

“मधेशी को समस्या र समाधान” विषयको अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम आयोगले धनगढी मा गरेको छ । अध्यक्ष डा. दत्तले प्रदेश का प्रदेश प्रमुख तथा मुख्यमन्त्री संग समेत औपचारिक भेटघाट गरि यस प्रदेशमा रहेको मधेशी समुदायको अवस्थाको बारे जानकारी लिनुका साथै प्रदेश तहबाट समस्याको समाधान समेत खोज्न सल्लाह दिएका छन् ।

अध्यक्ष डा. दत्तले नेपाल-भारत सिमा क्षेत्रको समेत निरीक्षण गरेका छन् र त्यहाँको अवस्था बारे जानकारी लिएका छन् । अध्यक्ष डा. दत्त अहिले मधेश आन्दोलनको एक प्रमुख ठाउँ टीकापुरमा छन् र अब भैरहवा, लुम्बिनी र नेपालगंज पुग्ने कार्यक्रम रहेको उनका स्वकीय सचिवले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्