
०९ असार २०७६, काठमाडौं
नेकपा जनविद्रोहको आयोजनामा काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित म्हैपी टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
२३ घण्टा आफुलाई १ घण्टा देशलाई भन्ने मुल नाराका साथ सरसफाईमा अघि बढेको “नेकपा जनविद्रोह” पार्टीले स्वर्गीय जननेता निर्मल लामाको सिद्धान्त र कार्यशैलीलाई अवलम्बन गरेको बताउँछन् ।

सरसफाई कार्यक्रमलाई सफल बनाउन “जनविद्रोह”का महासचिव निमा फिञ्जो लामा र नेकपा जनविद्रोहका कार्यकर्ता लगायत स्थानिय वासीहरुको पनि उपस्थिति रहेको थियो ।
हामी नेपाली जनताहरु आफ्नो टोल छिमेक छाडेर देशलाई बनाउन लागेकोले नै देश अहिले सम्म नबनेको बताउँछन्–उनी । महासचिव लामाका अनुसार, ‘प्रत्येक नेपालीले देशलाई छोडेर आफ्नो टोलमा मात्र दिनको १ घण्टा समय दिएको खण्डमा देश स्वत आफै बन्ने छ ।’





