
०९ असार २०७६, जेपी थुलुङ/सोलुखुम्बु
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा संकास्पद बस्तु फेला परेको छ ।
उक्त संकास्पद बस्तु विष्पोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीको अनुमान छ ।
जनता माबिको प्राङगणमा एण्टा बाकस आकारको बस्तु कपडाले बेरिएर राखिएको अबस्थामा पाईएको वडाध्यक्ष भुपालसिंह राईले जानकारी दिनुभयो ।
गएराती राखिएको उक्त संकास्पद स्थानियले आज विहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको संकास्पद बस्तुलाई पुष्टि र निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटना स्थलमा तर्फ आउदै गरेको वडा अध्यक्ष राईले बताउनुभएको छ ।
ठुलो आकारमा देखिएको बस्तु विष्पोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउदै बस्तुको नजिक कसैलाई पनि जान दिएको छैन । बिद्यालय परिसरमा संकास्पद बस्तु भटेपछि वडा कार्यलयले प्रेस विज्ञेप्ती जारी गर्दै बिद्यालय जस्तो संवेदनशिल क्षेत्रमा यस्तो कार्य हुनु निन्दनीय र अराधिक भएकाले घोर निन्दा गर्दै कडा कार्बाहिको माग गरेको छ ।





