‘मेरो र दिपक जीको झगडा होस भन्ने उनीहरुको ईच्छा कहिले पुरा हुदैन्’ : रवि लामिछाने



०८ असार २०७६, काठमाडौं

पत्रकार रवि लामिछानेले सामाजिक संजालमा आएका बिभिन्न भ्रम र केहि अनलाइनमा आएका भ्रामक समाचारहरुको खण्डन गरेका छन् ।

सिधा कुरा जनता संगको कार्यक्रम तयारीबारे जानकारी दिदै रबिले फेसबुक लाइभ मार्फत यस्तो खण्डन गरेका हुन् । केहि अनलाइनहरुमा प्रोड्युसर दिपक बोहरा संग एक होटलमा झगडा परेको भन्दै भ्रमपूर्ण समाचार आएक थिए । सामाजिक संजालमा समाचार भाइरल भए लगतै दिपक बोहराले एक स्टाटस लेख्दै कसैले चाहदैमा हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा नहुने बताएका थिए ।

पत्रकार रवि लामिछानेले भिभिन्न समयमा भिभिन्न कुराहरु ल्याएर आफुहरुलाई बदनाम गराउने कसैको कार्यप्रति आफु कहिल्यै निरास नहुने उद्घोष गरेका छन् । दिपक बोहरा र आफ्नो झगडाको झुठो प्रसंगलाई इङित गर्दै रविले भनेका छन् केही अनलाईनहरुले दिपक जी र मेरो झगडा भएको भनि गलत प्रचार गर्दैछन् । हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा हुदैन् । हामी बर्षौ अझै संगै मिलेर काम गर्नेछौ । सिधा कुरा जनतासंग एउटा टेलिभिजन कार्यक्रम मात्र होईन, यो एक सोच हो, यो कहिले बन्दै हुदैन् ।

प्रतिक्रिया दिनुहोस्