प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की, भारतीय सुरक्षा निकायमा हल्लिखल्ली !



०८ असार २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको खबरले यतिबेला भारतीय सुरक्षा निकायमा हल्लिखल्ली मच्चिएको छ भने सुरक्षा सतर्कता पनि बढाइएको छ । भारतीय सञ्चार संस्था एबीपी न्यूजले समाचार प्रकाशन गरेपछि सुरक्षा सतर्कता बढाउनुका साथै ज्यान मार्ने धम्कीका विषयमा अनुसन्धान शुरु गरिएको छ ।

प्रधानमन्त्री मोदी भर्खरै केरेला गएका थिए । उनी केरेला गएपछि उनीमाथि ज्यानमार्ने धम्की आएको खुलासा भएको हो । यद्यपी प्रधानमन्त्री मोदीलाइ केहि समय अघि नै ज्यान मार्ने धम्की आएको सुरक्षा संयन्त्रलाई उदृत गर्दै एबीपी न्युजले जनाएको छ ।

स्रोतलाई उल्लेख गरेर एबीपीले लेखेको छ, ‘गुरुवायुर मन्दिरको यात्रामा नै प्रहरीहरुलाई एक खाम दिइएको थियो । खाममा पाँच सय रुपैयाँको नोट समेत थियो । जसमा मलयालम भाषामा पीएम मोदीलाई मार्ने धम्कीपूर्ण कुरा उल्लेख गरिएको थियो ।’ यो विषय अंग्रेजीमा पनि लेखिएको थियो ।

प्रधानमन्त्री मोदीको ज्यान मार्ने धम्कीपछि सुरक्षा व्यवस्था मजबुद बनाउनुका साथै कसले पत्र लेखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्