बूढानीलकण्ठमा श्रष्टा अभिनन्दन, विशेष कवि गोष्ठी २०७६ सम्पन्न



०७ असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं ९ मा ‘नेपाली कविता’लाई अन्तर्राष्ट्रिय विस्तारमा सम्भावना र चुनौती तथा श्रष्टाअभिनन्दन, विशेष कवि गोष्ठी २०७६ बूनपा ९ को सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेतीले स्थानीय र प्रादेशीक सरकारले अहिलेको अवस्थामा साहित्य क्षेत्रलाई उत्साहित गर्दै प्रवद्र्धन गर्न आवस्यक रहेको बताए ।

एउटा भाषाले विश्व बजारमा प्रतिशपर्धा गर्न समस्या हुँने बताउँदै उपकुलपति उप्रेतीले भने नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न आवस्यक छ ।

विशेष अतिथि बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले साहित्य मानव जीवनको एक महत्वपूर्ण अंग भएको बताए ।

साहित्यबाट समेत देश र राष्ट्रको लागि हामीले महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ, उनले भने काठमाडौंको महत्वपूर्ण र निकै रमाईलो बूढानीलकण्ठमा नगरले एउटा सृजनाग्रामको लागि नगरले आवस्यक बजेट  विनियोजन गर्ने छ ।

आफ्नो नगरमा कति र कस्ता–कस्ता किसिमका कवि छन् भन्ने बारे नगरलाई जानकारी हुँनु पर्ने बताउँदै नगर प्रमुख खरेलले यस्ता किसिमका कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा अतिथिहरु नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्याय, बूनपा ९ का वडाध्यक्ष राजेन्द्र सापकोटा, कार्यपालिका तथा वडा सदस्य सुमित्रा त्रिपाठी लगायत भिभिन्न स्थानबाट आएका साहित्यप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा साहित्यकार कृष्ण भक्त श्रेष्ठ र प्रध्यापक डा. अभि सुवेदीलाई सम्मान गरिएको थियो । त्यसै गरि विभिन्न जिल्ला तथा स्थानबाट आएका १४ जना कविहरुले कविता वाचन गरेका थिए ।

सर्वेश्वरी मार्ग उपभोक्ता समिति बूनपा ९ ले आयोजना गरेको  कार्यक्रममको अध्यक्षता उक्त संस्थाका अध्यक्ष राम प्रसाद पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्