अबदेखि भारत जान नेपालीलाई भिषा चाहिने



०७ असार २०७६, काठमाडौं

भारतस्थित नेपाली दूतावासले अबदेखि चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुलाई भारतीय भिषाको आवश्यक पर्ने सूचना जारी गरेको छ ।

जारी सूचनामा चीन, हङकङ, मकाउ र पाकिस्तानबाट भारतको बाटो हुँदै नेपाल आउन लागेका वा भारत आउँदै गरेका नेपालीले भारतको भिसा अनिवार्य रुपमा लिनुपर्नेछ ।

त्यस्तै, भारतीय अध्यागन पार गरी  साउदी अरेबिया, कतार,  कुवेत, युएई,  ओमन, बहराइन, इराक, लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकहरुले नेपाली  राजदूतावासबाट नो अब्जेक्सन लेटर लैजानुपर्ने पनि राजदूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्