बालक्लवका पदाधिकारीहरुको क्षमता अभिबृद्धी कार्यक्रम देवचुलीमा सुरु



०७ असार २०७६, काठमाडौं

वडास्तरको बालक्लवका पदाधिकारीहरुको क्षमता अभिबृद्धीको लागि २ दिने तालिम आजबाट देवचुलीमा सुरु भएको छ ।

देवचुली नगरपालिका वडा नंं. १४ को आर्थिक सहयोगमा र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा उक्त कार्यक्रम सुरु भएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए ।

देवचुली नगरपालिका नेपालको दोस्रो बालमैत्री नगरको रुपमा वि.स. २०७५ भदौ २९ गते घोषणा भए पश्चात क्लबको दिगोपनाका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालनमा आइरहेका छन् ।

२ दिनसम्म सञ्चालन हुने उक्त क्षमता अभिबृद्धी कार्यक्रममा बाल अधिकार, बालमैत्री स्थानीय शासनको अवधारणा, सूचकहरु, बालक्लवको व्यवस्थापन, बैठक सञ्चालन, माईन्युट लेखन, नेतृत्व विकास, उद्घोषण एवम भाषणकला लगायतका विभिन्न विषयमा तालिम सञ्चालन गर्ने योजना रहेको कुरा आयोजक संस्थाका महासचिव दिपक शर्माले बताए ।

तालिमको पहिलो दिन बाल अधिकारको ऐतिहासीक पृष्ठभूमी र कानुनी प्रावधानहरुको बारेमा दिपक शर्माले बताए भने बालक्लवको व्यवस्थापन र माईन्युट लेखनको बारेमा देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत अविनाश पन्थीले जानकारी गराए ।

बालमैत्री स्थानीय शासन र क्लबको अवधारणाका साथै बालक्लवले खेल्ने भूमिका बारे बालमैत्री परामर्शदाता खिमानन्द भुसालले तालिम संचालन गरेका थिए ।

कार्यक्रममा वडास्तरका, विद्यालयस्तरका र समुदायस्तरका बालक्लवका पदाधिकारीहरु गरी ६० जनाको सहभागिता समेत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्