डा. डीआर उपाध्यायको ‘कस भन्छ म देखि टाढा छिन् उनी’ सार्वजनिक



०७ असार २०७६, काठमाडौं

डा. डीआर उपाध्यायको नयाँ गीत ‘कसले भन्छ म देखि टाढा छिन् उनी, हरपल आउने ति यादमा गाढा छिन् उनी…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रसन्नले निर्देशन गरेको गीतको भिडियोमा अनु शाह, डा. डीआर र सागरलाई फिचरिङ गरिएको छ । विदुर पाण्डेको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

सागर अधिकारी ‘शरद’को अत्यन्तै सुमधुर स्वरमा रहेको यो गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । टाढा भए पनि हर पलसँगै रहेकी मायालुको सम्झना गीतको भिडियोमा देखाइएको छ ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्