
०६ असार २०७६, काठमाडौं
सिद्धार्थ बैंकले नुवाकोटको बट्टारमा नयाँ शाखाको औपचारिक समुद्घाटन गरेको छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डिले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सिद्धार्थ बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ ATM र १,३०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।





