‘साङलो’लाई १० लाख: के भन्छन् जनप्रतिनिधि र स्थानीयहरु?



०६ अषाढ २०७६, काठमाडौं

स्थानीय सरकार गठन भएको लगभग साढे दुई वर्ष बितिसकेको छ । स्थानीय सरकार गठनसँगैं सो तहले सबै खालका अधिकारहरु प्राप्त गरेको छ ।

उक्त अधिकार उपयोग गर्ने क्रममा कत्ति तहहरु आफैभित्र विवादित बनिरहेका छन्, त कत्ति तहहरुले आफ्नो मुद्धाहरुलाई सजिलै रुपमा निभाउँदै पनि ल्याएका छन् ।

त्यसमा पनि कत्ति जनप्रतिनिधिले जनताको चित्तबुझ्दो काम गरेका छन्, त कत्ति विवादमा पनि देखिन्छन् ।

स्थानीय तह गठनसँगैं पाएको अधिकारको उपयोग गर्दै त्यहाँ रहेका नागरिकहरुलाई सम्पन्नतामा लाने काम जनप्रतिनिधिहरुको हो भन्ने मान्यता अधिकांशमा हुन्छ र, यो सत्य पनि हो ।

खानेपानी, शिक्षा, सडक, स्वास्थ्यजस्ता आवश्यक्ता नागरिकको आधारभूत आवश्यक्ता हो ।  कुनै पनि तहले यी नै कुराहरुलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।

तर, जोरायल गाउँपालिका, डोटीमा भने विकास बजेटको खर्चले एउटा व्यवसायिक चलचित्रलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिको विकास बजेट पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने हुन्छ । स्थानीय तहमा गएको बजेट गाउँपालिकाको कार्यपालिकाको निर्णयबाट खर्च गर्न पाईने व्यवस्था छ ।

तर, गाउँपालिकाको विकास बजेटलाई चलचित्रका लागि खर्च गर्नु स्वाभाविक नभएको अधिकांशको भनिरहेका छन् । अभिनेता विराज भट्टको चलचित्र ‘साङ्लो’ को लागि गाउँपालिकाले १० लाख छुट्याईएको छ ।

जेष्ठ २७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने, सो काम पर्यटन प्रवर्द्धनको लागि गरिएको बताएका छन् । तर, गाउँपालिकावासीहरुले भने चलचित्रमा अध्यक्ष आफैले पनि अभिनय गरेकाले बजेट छुट्याएका हुन् भनी आरोप लगाएका छन् ।

पर्यटन प्रवर्द्धनको नाममा बजेटको दुरुपयोग भएको उनीहरु बताएका छन् ।

के भन्छन् स्थानीयहरु?

गाउँपालिकाको प्राथमिकतामा अन्य आधारभूत आवश्यक्ताहरु नपरेर एउटा चलचित्रमा परेकोमा स्थानीयहरु दुखित भएका छन् ।

“जनतासँग सरोकार राख्ने खानेपानी, सडक तथा अन्य आधाभूत कुराहरु जनताले उपभोग गर्न नपाएर दुखित भएको अवस्थामा राज्य कोषको बजेट एउटा व्यवसायिक चलचित्रमा लगाउनु गाउँपालिकाको दुर्भाग्य हो ।” एक स्थानीयले भने ।

आधारभूत आवश्यक्ता नै पुरा नभएको गाउँपालिकामा विकास बजेटको बजेट एउटा व्यवसायिक चलचित्रमा खर्च गर्नु कत्तिको जायज भन्ने विषयमा अहिले चौतर्फी चर्चा भएको छ ।

के भन्छन् गापा उपाध्यक्ष?

गाउँपालिकामा आधारभूत आवश्यक्ता पुरा नभएको स्वयं गाउँपालिका उपाध्यक्ष जमूना बोहरा नै स्वीकार्छिन् ।

यसबीच गाउँपालिकामा विकास निर्माणको कामदेखि लिएर अन्य आवश्यक्ताले पनि प्राथमिकता पाएको उनी बताउँछिन् ।

“गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य तथा अन्य उत्तिकै प्राथमिकतामा राखेको छ ।” उपाध्यक्ष बोहराले परिवर्तन खबरसँग भनिन् ।

१० लाख बजेट गाउँपालिकाको प्रवर्द्धनको लागि गरिएको उनको तर्क छ । ‘यो दुई/तीन जना केटाहरुको काम हो, यो निर्णय गाउँसभाकै हो ।’ उनले थपिन् ।
परिवर्तन खबरसँग कुराकानी गर्दै उनले जनताको मनोभावनालाई पनि उत्तिकै बुझेर अगाडी बढिरहेकोे दावी गरिन् ।

के भन्छन् त गाउँपालिका अध्यक्ष?

स्थानीयहरुले बजेटको दुरुपयोग भएको बताईरहँदा गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने यो बजेट गाउँपालिकाको प्रवर्द्धनको लागि भएको बताएका छन् ।

“जोरायल गाउँपालिका एउटा सुन्दर ठाउँ हो । त्यसमा सुन्दर कामहरु गरिनुपर्छ ।” उनले भने ।

उनी सो बजेटबाट आफ्नो पर्यटकीय गाउँपालिकाको प्रवर्द्धन हुने कुरामा ढुक्क छन् ।

“विराज भट्ट भनेको सूदुरपश्चिमको गहना हो । विराज भट्टलाई हामीले व्यापार गर्नलाई दिएका छैनौं ।” उनले थपे ।

साङ्लो फिल्मको लागि आउने कलाकारहरुलाई खान बस्न तथा लोकल ट्राभल्सको व्यवस्थाको लागि १० लाख छुट्याएको बताउँछन् ।

तपाईको अभिनय रहेकाले खर्च दिईएको हो भन्ने कुरा बाहिर आएको छ भन्ने प्रश्नको उत्तरमा उनले भनेका छ ।

“अनमेल विवाहको थोरै शिन छ, त्यो भनेको सन्देशमुलक शिन हो ।”

प्रतिक्रिया दिनुहोस्