जमिनमुनि गाडेको शिशुलाई ८ दिनपछि प्रहरीद्वारा ज्यूँदै उद्धार



०६ असार २०७६,काठमाडौं

चीनमा यस्तो घट्ना घटेको छ जुन घट्ना सुन्दा अचम्म लाग्छ । शिशुको जन्म हुनासाथ हजुरआमाले नजिकको जंगलमा लगी जमिनमुनि गाडेको ८ दिनपछि प्रहरीद्वारा ज्यूँदै उद्धार गरी बाहिर निकालिएको छ । फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी थिइन् । त्यहीँ बेला उनले बच्चा रोएको आवाज सुनिन् । त्यो आवाज जमिन मुनिबाट आइरहेको थियो ।

उनी डराइन् र नजिकै रहेका एक भिक्षुलाई बोलाएर सो कुराको जानकारी दिइन् । दुबैले बच्चाको रुवाइ सुनेपछि एकिन भयो की कसैले बच्चालाई जमिनमुनि गाडेको छ । तत्कालै उनीहरुले पुलिसलाई खबर गरे । पुलिसले बच्चा रोइरहेको ठाउँमा खोस्रिएर हेरे । दुइ फुटमुनि खोस्रिएपछि एउटा कागजको टोकरी फेला पर्यो । उक्त टोकरी खोलेर हेर्दा त त्यसभित्र एउटा ज्यूँदो बच्चा भेटियो ।

पुलिसको अनुसन्धानपछि बच्चाको ओँठ काटिएको हुनाले बच्चाकी हजुरआमाले त्यसलाई लिएर ज्यूँदै गाडेकी रहेछिन् । बच्चालाई ८ दिन पहिले नै जमिनमुनि गाडिएको बच्चाका आमाबुवाले बताँएका छन् । जमिनमुनि भएपनि खुकुलो माटो तथा टोकरी भित्र भएको कारण हावा छिरेको र स्वास फेर्न पाएका कारण बच्चा बाँचेको हुनसक्ने डाक्टरहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्