
०६ असार २०७६, काठमाडौँ
असार ६ अर्थात आजको दिन बर्षको सबै भन्दा लामो दिन हो ।
आज बिहान सुर्योदय देखि सुर्य अस्तसम्म वर्षका ३६५ दिन मध्ये लामो समयसम्म पृथ्वी उज्यालो भइरहन्छ । आजको दिन पृथ्वीमा सुर्यको प्रकाश सबै भन्दा लामो समयसम्म पर्ने छ ।
एक वर्षमा ३६५ दिन हुन्छ, त्यस ३६५ दिन भित्र सुर्य चन्द्रमा लगायत सबै ९ ग्रहले आ आफ्नै समय अनुसारले सौर्य मण्डलमा परिक्रमा गरिरहेको हुन्छ ।
वर्ष दिनमा पर्ने गर्मी महिनामा लामो दिन हुन्छ भने जाडो महिनामा छोटो दिन हुन्छन् ।





