आफ्नै पिताद्वारा छोरीको बलात्कारपछि घाँटी थिचि हत्या !



०६ असार २०७६,काठमाडौं

हाम्रो छिमेकी देश भारतकोे झरखंड हरिहरगंजमा भर्खर एक अनौठो घट्ना सामाजिक संजालमा भाईरल भएका थिए । एक पिताले आफ्नै छोरीमाथि बलात्कार गरे । बलात्कार मात्र काहाँ होर बलात्कार गरेर घाँटी थिचेर हत्या समेत गरेको छ ।

त्यसपछि उनको लाशलाई घरमै जलाए र आफूले मजाले नुहाइरहेका थिए । छिमेकीले घरमा धुवाँ निस्किरहेको देखेपछि त्यहाँ पुगे । युवतीको लाश जलिरहेको थियो उनको शरीरमा आधा कपडा थिएनन् ।

छिमेकीले सोध्दा ती पिताले सही जवाफ दिएनन् । त्यसपछि छिमेकीले उनलाई रामधुलाइ कुटे र प्रहरीको जिम्मा लगाइदिए । घटनामा मृतक युवतीका एक वर्षका छोरा पनि आंशिक रुपमा जलेका छन् ।

अभियुक्त विनय चौधरी आफ्नो परिवारसँग मुम्बइमा बस्दै आएका थिए । उनी १० दिनअघि गाउँ आएका थिए । उनले छोरीलाई पनि २ दिनअघि घरबाट माइत ल्याएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्