
०५ असार २०७६, काठमाडौं
देशको राजधानी काठमाडौंमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन दाहाडै साङ्घातिक हमला भएको छ ।
पत्रकार बस्नेतलाई शैलेस श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर भान्ज भनिने ब्यक्ति, सन्जय लामा सहितको दर्जन गुन्डाहरुको ग्याङ्गले हमला गरेको हो ।
कुट्ने मध्ये एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ । हमाला गर्ने टोलीले पत्रकार दिनेश बस्नेतलाई डर–त्रास तथा आर्थिक प्रलोभन समेत देखाएको देखिन्छ ।





