
०५ असार २०७६, काठमाडौँ
‘गोल्ड मेडलिस्ट’ बन्न खोज्दा चार वटा डिग्री लिएका एक अधिवक्ता पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धाआयोगले बुधबार अर्थशास्त्र विषयमा डिग्रीका लागि परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई पैसा खुवाएको भेटिएपछि पक्राउ गरीएको हो ।
सुरेन्द्र कोइरालाले यस अघि ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए र अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भई पाँचौ डिग्री लिने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले स्नातकोत्तर तहमा गोल्ड मेडलिस्ट हुने रहर पुरा गर्न मोटो रकम दिए पछि कोइरालाई पर्याप्त नम्बर थपेर गोल्ड मेडलिष्ट बनाउन तयार भएको क्रममा पक्राउ गरेको अख्तियारले जनाएको छ ।





