कोपा अमेरिका : ब्राजिल र भेनेजुएला बराबरीमा सिमित



०४ असार २०७६, काठमाडौं

कोपा अमेरिका अन्तर्गत बुधबार विहान पेरु र बोलिभियाको खेल सकिएको केही समयपछि शुरु भएको ब्राजिल र भेनेजुएलाको खेल बराबरीमा टुङ्गिएको छ ।

उपाधिकै दाबेदार मानिएको ब्राजिललाई भेनेजुएलाले गोल रहित बराबरीमा रोकेको छ । खेलमा ब्राजिलले दुई गोल गरेता पनि भिडियो असिस्टेन्ट रेफ्रीले गोल मान्यता नदिएपछि ब्राजिलले बराबरी खेलेको हो ।

यो खेलसँगै समूह ए मा ब्राजिल र पेरुको समान अंक रहेको छ । समूह ए बाट  क्वाटरफाइनलमा पुग्न ब्राजिल पेरु र भेनेजुएलाले सम्भावना जिवितै राखेका छन् ।

जारी कोपा अमेरिकामा अब ब्राजिलले आफ्नो अन्तिम खेल पेरुसँग र भनेजुइलाले बोलिभियासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्