कोपा अमेरिका : बोलिभिया पेरुसँग ३–१ ले पराजित



०४ असार २०७६, काठमाडौं

ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत बुधबार बिहान भएको खेलमा पेरुले बोलेभियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

पेरुका लागि पाओलो गुर्रेरो, जेफर्सन फर्फान र एडिसन फ्लोरेजले गोल गरेका थिए भने बोलिभियाका लागि मार्सेलो मार्टिन्स मेरेनोले पेनाल्टीमाफर्त गरेका थिए ।

पेरुले २ खेलमा एक जित एक बराबरी खेली समुह ए मा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ । अब पेरुले समुह चरणको अन्तिम खेलमा ब्राजिलसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्