एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थान बिच बैंकासुरेन्स सम्झौता



०४ असार २०७६, काठमाडौं

एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालभर फैलिएको २८४ वटै शाखा कार्यालयबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न बताईएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका छन् ।

हाल एनआईसी एशिया बैंकले मूलुकभर २ सय ८४ शाखा, २९४ एटिएम, ४६ एक्सटेन्सन काउण्टर एवं ३२ शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्