विश्वकप क्रिकेट : अफगानिस्तानलाई पराजित गर्दै इङ्गल्याण्ड शिर्ष स्थानमा



०४ असार २०७६, काठमाडौं

जारी विश्वकप क्रिकेटमा आयोजक इङ्गल्याण्डले अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ जित र एक हारसहित ८ अंक पाएर इङ्गल्याण्ड स्थानमा उक्लिएको हो ।

गएराती सम्पन्न खेलमा इङ्गल्याण्डले अफगानिस्तानलाई ३९८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउदै २४७ रन मात्र बनाएपछि इङ्गल्याण्ड १५० रनले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्