ओलीको बोलीले, परे थला ऋषि धमला(भिडियो सहित)



०३ अषाढ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनेक खालका बानी/व्यवहारहरु छन् ।

उनको ‘सेन्स अफ ह्यूमर’ पनि धेरैले मन पराउँछन् । कत्तिले त उनलाई हाँस्यकलाकारको संज्ञा पनि दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षको अवरोधपछि प्रधानमन्त्री ओलीले बोल्न पाएनन् ।

आजको कार्यसूची अनूरुप ‘सार्वजनिक महत्वको विषयमा वक्तव्य’का लागि रोष्टम पुगेका उनी कांग्रेसहरुले आफुहरुले पहिले बोल्न पाउनुपर्ने माग गर्दै संसद नै अवरुद्ध बनाएपछि निरास भएर संसद भवनबाट बाहिरिएका उनले साँझ सिंहदरबारमा पत्रकार सम्मलेन गरे ।

जहाँ उनले अहिलेको विवादित गुठी विधेयक सरकारले फिर्ता लिएको घोषणा गरे ।

जहाँ पत्रकारहरुको अथाह उपस्थिती भएपनि प्रश्न भने कसैले गरेनन् । अर्थात, सम्मेलनमा कुनै पनि पत्रकारहरुले केही प्रश्न तेर्स्याएनन् ।

त्यसपछि नेकपा संसदीय दलका नेता तथा पूर्व–सभामुख सुवासचन्द नेम्वाङले प्रत्रकारहरुलाई हेर्दै प्रधानमन्त्रीलाई सोधे, यत्ति हो?

प्रधामन्त्रीको मुखबाट सजिलै उत्तर फुत्कियो, यत्ति हो पत्रकार साथीहरुको कुनै जिज्ञासा छैन ।

त्यसपछि वरिपरी बसेका सबै सांसदहरु आफ्ने स्थानबाट उठ्ने तानसुर गर्न थाले ।

त्यहीँ बेला छेउमा बसिरहेका पत्रकार ऋषि धमला प्रधानमन्त्रीसामु हात जोड्दै टुप्लुक्क आईपुगे ।

त्यसपछि….ऋषितर्फ संकेत गर्दै प्रधामन्त्री ओलीले भने । ‘तपाईको विधेयकले संस्कृतिको मुटुमा छुरा हानेको भनेर तपाईले भनेको होईन?

ऋषिले सानो स्वरमा भन्छन् । ‘हैन मैले भनेको छैन ।’

फेरि प्रधामन्त्री भन्छन्, किन हैन? मेरा आँखाले देखेका छन् ।

अनि कोठाभरि ऋषिको हाँसो फैलियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्