असार ९ गते नेपालबाट टेलिभिजनमा विश्वकप क्रिकेट हेर्न नपाईने



०३ असार २०७६, काठमाडौं

आगामी असार ९ गते इङ्गल्याण्डमा जारी आइसीसी विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण नेपालबाट हेर्न नपाईने भएको छ ।

टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन ऐन २०७६ को विरोध स्वरुप असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्मका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका हुन् । जसकारण ९ गते विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र अफगानिस्तानबीचको प्रत्यक्ष खेल नेपालबाट हेर्न नपाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्