विश्वकप क्रिकेट : इङ्गल्याण्डले दियो अफगानिस्तानलाई विशाल रनको लक्ष्य



०३ असार २०७६, काठमाडौं

जारी विश्वकप क्रिकेटमा इङल्याण्डले अफगानिस्तानलाई विशाल रनको लक्ष्य दिएको छ ।

टस हारेर फिल्डिङ्ग पाएको अफगानिस्तानलाई इङ्गल्याण्डले ३९८ रनको लक्ष्य दिएको छ । इङ्गल्याण्डले ५० ओभरमा ६ विकेट गुमाई ३९७ रन बनाएको हो ।

आक्रामक रुपमा मैदानमा उत्रिएका इङ्गल्याण्डका कप्तान इयोन मार्गन ७१ बलमा १४८ रन बनाएर आउट भएका थिए । ३६ बलमा अर्धशतक पुरा गरेका मोर्गनले ५७ बलमा शतक पुरा गरेका थिए जसमा १७ छक्का र ४ चौका रहेका छन् ।

जारी विश्वकप क्रिकेटमा अहिलेसम्म इङ्गल्याण्डले ४ खेलमा ३ जित र एक हार गरी चौथो स्थान ओगटेको छ भने अफगानिस्तानले अहिलेसम्म कुनैपनि खेलमा जित हात पारेको छैन ।

प्रतिक्रिया दिनुहोस्