इटहरीवासीले गरे मेयरलाई सम्मान ! मेयर भन्छन्, ‘भ्रष्टाचारी होसियार’



०३ असार २०७६, सुनसरी/शिव भट्टराई

सुनसरीको इटहरी उपमहानगरपालिलाई भ्रष्टाचारमुक्त बनाउने अभियानका साथ मेयर द्वारिकलाल चौधरीको समर्थनमा नगरवासीहरू सडकमा उत्रिएका छन् ।

नगरवासीहरूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाई स्वागतम् भन्दै नगरप्रमुखको समर्थनमा नारावाजी समेत गरेका थिए । भ्रष्टाचार बिरूद्धको अभियान अन्तर्गत बिभिन्न नारा सहितको प्लेकार्ड बोकेर उपमहानगरवासीहरू स्वतस्फूर्त रुपमा  सडकमा निस्किएका हुन् ।

नगरवासीले भ्रष्टाचार बिरुद्धको अभियानमा रहेका मेयर चौधरीलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा मेयर चौधरीले इटहरीबाट भ्रष्टाचारको जरो उखल्ने उद्घोष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्