प्रधानमन्त्री ओली रोष्टम पुगे तर, बोल्न सकेनन्



०३ जेष्ठ २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओली रोष्टमबाट बिनावक्तव्य फर्किएका छन् ।

आजको कार्यसूची अनूरुप ‘सार्वजनिक महत्वको विषयमा वक्तव्य’का लागि रोष्टम पुगेका प्रधानमन्त्री बिनावक्तव्य फर्किएका हुन् ।

प्रधानमन्त्री भन्दाअघि आफुहरुले बोल्नु पाउनुपर्ने माग राख्दै कांग्रेसले संसद नै अवरुद्ध गरि नाराबाजी गर्दै घेराउ गरेको थियो ।

तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई समय दिएका थिए ।

सो अवरोधपछि सभामुख महराले सो बैठक भोलीका लागि बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्