आइसिसी टी–२० विश्वकप एसिया छनोट खेल्न नेपालको प्रारम्भिक टिम छनौट



०३ असार २०७६, काठमाडौं

आइसिसी टी–२० विश्वकप एसिया छनोटका लागि नेपालले पहिलो चरणको प्रारम्भिक छनौटमा २५ जना खेलाडीलाई छनौट गरेको छ ।

नेपालको प्रारम्भिक टिममा पारस खड्का (कप्तान), अभिनास बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, नन्दन यादव, पवान सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहब अलाम, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा, सुसन भारी रहेका छन् ।

आगामी साउन ६ देखि १२ गतेसम्म हुने छनोट खेलमा नेपालसहित सिंगापुर, कुवेत, मलेसिया र कतारकोे सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्