जारी विश्वकप क्रिकेटमा बङ्गलादेशद्वारा वेस्टइन्डिज पराजित



०३ असार २०७६, काठमाडौं

इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेटमा सोमबार बंगलादेशले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । वेस्टइन्डिजले दिएको ३२२ रनको लक्ष्य बंगलादेशले ४१.३ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।

जारी विश्वकप क्रिकेटमा शकिब अल हसनले आफ्नो दोस्रो शतक बनाउँदै ९९ बलमा १२४ रन जोडेका थिए । त्यस्तै लिटन दासले ६९ बलमा ९४ रन जोडी महत्वपूर्ण पारी खेलेका थिए । शकिब र लिटनले चौथो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । त्यस्तै तामिम इकवालले ४८ र सौम्य सरकारले २९ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्