कोपा अमेरिका : चिलीको सहज जित, जापान ४–० ले पराजित



०३ असार २०७६, काठमाडौं

ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकामा चिलीले सुखद शुरुवात गरेको छ ।

कोपा अमेरिकामा पाहुना टोलीको रुपमा भित्रिएको जापान चिलीसँग ४–० को अन्तरले पराजित भएको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन चिलीले जापानमाथि सहज जित निकालेको हो । पहिलो हाफमा एक गोलले अग्रता लिएको चिलीले दोस्रो हापमा दुई गोल गरी जितलाई थप सुनिश्चित गरेको थियो ।

जारी कोपा अमेरिकामा आज बोलिभिया र पेरु तथा ब्राजिल र भेनेजुएलाबीच भिडन्त हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्