जारी विश्वकप क्रिकेटमा भुवनेश्वर कुमारले कम्तिमा तीन खेल खेल्न नसक्ने



०३ असार २०७६, काठमाडौं

भारतीय टिमका तिब्र गतिका बलर भुवनेश्वर कुमारले जारी विश्वकपमा कम्तिमा तीन खेल खेल्न नसक्ने भएका छन् । उनले अब अफगानिस्तान, वेस्टइन्डिज र इङल्याण्डसँगका खेल गुमाउने छन् ।

यसअघि अस्ट्रेलियासँगको खेलमा ओपनर शिखर धवनको हातमा फ्र्याक्चार भएपछि उनले कम्तिमा दुई खेल खेल्न नसक्ने भएका थिए । जारी विश्वकपमा घाइते हुने भुवनेश्वर भारतका दोस्रो खेलाडी हुन् ।

भुवनेश्वरले पाकिस्तानविरुद्धको खेलमा खुट्टाको माशंपेशीमा समस्या आएपछि मैदान छाडेका थिए । उनलाई पाँचौं ओभरको चौथो बल बलिङ गर्ने क्रममा यस्तो समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस्