फेरी बार्सिलोना आउँदै नेइमार



०३ असार २०७६, काठमाडौं

ब्राजिलियन स्ट्राइकर नेइमार पिएसजीबाट फेरी बार्सिलोना फर्किने सम्भावना देखिएको छ । केही समयअघि पिएसजीले नेइमारलाई बेच्न चाहेको खबर बाहिर आएको थियो ।

लगत्तै मिडियाहरुमा नेइमार फेरी बार्सिलोना नै फर्किन्छन् वा रियल मड्रिड जान्छन् भन्ने विभिन्न अड्कल बाजीहरु काटिएको थियो । तर बार्सिलोनाका उच्च अधिकारीहरुले नेइमारलाई बार्सिलोना नै फर्काउने पहल सुरु गरेको छ ।

लगातारको इन्जुरी र विवादले घेरिएका नेइमारलाई पछिल्लो समय पिएसजीका प्रशिक्षकले समेत पिएसजीमा कोहि पनि सेलिब्रेटी नभएको भन्दै आलोचना गरेका थिए ।

नेईमारलाई इंगित गर्दै पिएसजीका प्रेसिडेन्ट नासीर अल खेलैफीले कुनै पनि खेलाडीलाई जबर्जस्ति साइन नगरिएको तर क्लबसँग साइन गरेपछि सबैले यसको इज्जत गर्नुपन भन्दै नेइमारप्रति असन्तुष्टि पोखेका थिए ।

यि यावत घटनाक्रमले गर्दा नेइमारले अब पिएसजी छोड्ने लगभग निश्चित भएको मिडिया रिपोर्टमा दाबी गरिएको छ । अहिले पनि नेइमार घाइते भएर कोपा अमेरिका खेल्ने ब्राजिलको टिमबाट बाहिर रहेका छन् ।

बार्सिलोनाबाट दुई बर्ष अघि २४८ मिलियन डलरमा पिएसजी गएका नेइमारले च्याम्पियन्स लिगमा पिएसजीलाई सफलता दिलाउन नसकेपछि क्लब र उनको सम्बन्ध बिग्रिएको थियो ।

फ्रेन्च मिडिया ग्लोब स्पोट्र्सले जनाए अनुसार बार्सिलोनामा नेइमारलाई चाँडै नै भित्र्याउन बार्सिलोनाका उच्च अधिकारीहरु पिएसजीसँगको छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्