
०२ असार २०७६, काठमाडौं
आधुनिक पार्श्व गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा राईको आवाजमा “मलामी ” गीतको भिडियो बजारमा आएको छ ।
प्रेमी प्रमिका विचको मतभेदका कारण जीवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन् । डाक्टर किराँतको गीतमा संगीत संयोजन रहेको छ भने आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ ।
भिडियोमा दिपक गिरीको छायाँकन, प्रकाश एस केको सम्पादन तथा निशान एस केको निर्देशन रहेको छ । “मलामी ” गीतको भिडियोमा समिर, पेशला, सस्पीन एवं सविनाको अभिनय रहेको छ ।





