मधेशीको गुनासो सुन्न मधेशी आयोग प्रदेश ५, ६ र ७ जाँदै



०२ असार २०७६, काठमाडौं

मधेशी आयोगले ‘मधेशी को समस्या र समाधान’ विषय को अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम प्रदेश–५,६ र ७ मा गर्न लागेको छ ।

प्रदेश–१ र प्रदेश–२ मा आयोगले आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । आयोगले कार्यक्रमलाई तीन सत्रमा विभाजन गरेर चलाउँदै आएको छ । पहिलो सत्रमा त्यस प्रदेशका नागरिक समाजसँग उनीहरुको समस्या सुन्ने गरेको छ ।

दोस्रो सत्रमा त्यहाँका जननिर्वाचित प्रतिनिधि, प्रशासनिक निकायसँग भेटेर त्यहाँका जनताको समस्याबारे जानकारी गराउँदै समस्याको समाधान तिर लाग्न सल्लाह दिएको छ भने तेस्रो सत्र मा पत्रकारहरुसँग भेटघाट सम्मेलन गरि समस्याको बारे जानकारी गराउदै आएको छ ।

आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले करिब २ महिना अगाडी पदबहाली गरिसकेपछि आयोगलाई पहिले पूर्ण रुपमा ब्यबस्थित तथा प्रविधि मैत्री बनाउन तिर अग्रसर भएका थिए । आयोगले जनतासम्म पहँुच बनाउनको लागि मोबाइल एप, वेबसाइट, टोल फ्री नम्बर आदि जस्ता प्रबिधिहरुको उपयोग गरि आयोगलाई पूर्ण रुपमा प्रबिधि मैत्री बनाएको छ । साथै मधेशी समुदायका व्यक्ति माथि कुनै प्रकारको हिंसा, दुर्व्यवहार वा अपराधिक घटना घटेको छ वा घटिरहेको छ भने यथाशिघ्र आयोगमा कुनै माध्यमबाट उजुरी दिन समेत आग्रह गरेको छ ।

आयोगका अध्यक्ष डा. दत्तले यसै विचमा तेस्रो पटक बारा र पर्सा पुगी हावाहुरी पिडितको लागि बनिरहेको घरको निरीक्षण गरेका छन् तथा त्यहाँको बर्तमान समस्याबारे जानकारी लिएको समेत उनको नीजि सचिवालयले जनाएको छ ।

आयोग मा उजुरी दिने माध्यम :
टोल फ्री :- १६६००११६१८५
मोबाइल एप :- मधेशी आयोग
वेबसाइट:- www.madheshicommission.gov.np
टेलीफोन :- ०१-५२६११८५
इमेल:- [email protected]

प्रतिक्रिया दिनुहोस्