
०२ असार २०७६ काठमाडौँ
प्रधानमन्त्रीले उपत्यकाका सांसदको बैठक बोलाएका छन् ।
आठ दिन लामो युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी ओली आइतबार स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओली युरोप भ्रमणमा रहेका बेला सरकारले ल्याएका विभिन्न बिधेकलाई लिएर सरकारको चर्को आलोचना भयरहेको थियो ।
सातब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेकमा कुनै कमजोरी रहेछ भने सच्चाउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् ।
प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको वैठक बोलाएको छ ।सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने पक्षमा छन् ।





