वैद्य निकट विद्यार्थी संगठनद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी



०२ अषाढ २०७६, काठमाडौं

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगमा तालाबन्दी लागेको छ ।

मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनले आज आयोगमा तालाबन्दी गरेको हो । त्रिविले प्रकाशित गरेको परीक्षाको नतिजा खारेजीको माग गर्दै विगत २९ दिनदेखि रिले अनसनमा बसिरहेका उनीहरुले आज तालाबन्दी गरेका हुन् ।

प्रकाशित परीक्षाको नतिजा पहिल्यैदेखि स्थगनको माग गरेपनि अटेर गरि अन्तरवार्ता लिईरहेकाले तालाबन्दी गरेकोे क्रान्तिकारीका केन्द्रीय सदस्य संघर्ष दाहालले बताए ।

आयोगको कार्यकक्षमा समेत तालाबन्दी लगाईसकेका उनीहरु गत ६ जेष्ठबाट रिले अनसन बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्