बूनपा ११ र सरोकार समाज नेपालद्वारा आयोजित खेलकुद प्रतियोगिताको समापन समारोह सम्पन्न



०२ असार २०७६, काठमाडौं

नगरप्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा बूढानीलकण्ठ वडा नं. ११ र सरोकार समाज नेपालद्वारा संयुक्त रुपमा आयोजित वडा स्तरीय ब्याडमिन्टन, विद्यालय स्तरीय फुटबल र चेस प्रतियोगिताको समापन गरिएको छ ।

बूनपा १० स्थित ह्याण्डबल ग्राउण्ड, आकाशेधारामा आयोजित समापन समारोहमा  प्रतियोगिताका विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र पुरस्कार सहित सम्मान गरिएको थियो ।

वडा स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बूनपा ११ का विश्वराम श्रेष्ठ र प्रकाश बिक प्रथम भएका थिए भने हरिराम ढुङ्गाना/उमेश बाह्राकोटी द्वितीय, रामचन्द्र श्रेष्ठ र साजन पाठक तृतीय भएका थिए ।

त्यस्तै अन्तरविद्यालय फुटबल प्रतियोगितामा ग्राम शिक्षा माध्यमिक विद्यालय प्रथम, ज्ञान प्रकाश एकेडेमी द्वितीय र साम्तेन मेमोरियल एजुकेशन एकेडेमी तृतीय भएको थियो ।

अन्तरविद्यालय चेस प्रतियोगितामा ज्ञान प्रकाश एकेडेमीका मनिष प्रसाई प्रथम, ग्राम शिक्षा माविका क्विन लिम्बु द्वितीय र जन जागृति माविका अमन नगरकोटी तृतीय भएका थिए । चेस प्रतियोगिता महिलातर्फ ग्राम शिक्षा माविका श्रृष्टि साह प्रथम भईन भने साम्तेन एकेडेमीका तेन्जिङ छोदेन लामा द्वितीय भएकी थिईन् ।

समापन समारोहमा काठमाडौं जिल्ला खेलकुद समितिका अध्यक्ष धुर्वराज न्यौपाने, बूनपाका वडाध्यक्षहरु १० का नवराज भट्टराई, ११ का राजु अधिकारी र १२ का शम्भु भट्टराई लगायत समाजसेवी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्