प्रदेश ३ सरकारले कर्मचारीलाई एक महिनाको तलब थप गर्ने



०२ असार २०७६, काठमाडौँ

बजेटमार्फत आइतबार संघीय सरकारले वृद्धि गरेको तलबमान साउन १ देखी लागु गर्ने घोषणा गरिएको छ ।
प्रदेश ३ सरकारले कर्मचारीलाई थप एक महिनाको तलब थप गर्ने भएको छ ।

प्रदेश सरकारको बजेटमा प्रदेश निजामती सेवा पुरस्कारका लागि पनि रकम छुट्याएको छ ।

साथै प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रहि ३ महिना प्रदेश सरकारमा सेवा गरेका कर्मचारीलाई थप उत्प्रेरित गर्न अन्य कर्मचारीलाई आकर्षित गर्न एक महिने तलब बराबरको रकम प्रोसाहन स्वरुप दिइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्